
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
दुर्घटनामा प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो विराटनगरको बरगाछी चोक नजिक कञ्चनबारीतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना लगत्तै सीआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते भएका खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्याएको थियो ।
उपचारकै क्रमम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply