
काठमाडौं । साहित्यकार झमक घिमिरे नेपाली साहित्य चर्चित नाम हो । उनको सर्वाधिक चर्चित किताब ‘जीवन काँडा कि फूल ?’ ले मदन पुरस्कार समेत प्राप्त गर्यो । खुट्टाले लेखेको उनको किताबले लाखौँ पाठकलाई उत्प्रेरित गर्यो ।
तर, उनै घिमिरेले आफूले काँडाजस्तो जीवन भोगिरहेको बताएकी छन् । उनले सञ्जालमा लेखेकी छन्, ‘म आफैँले लेखेँ, जीवन काँडा होइन फूल हो । तर, म स्वयंले काँडा भोगिरहेछु ।’
आफूले काँडा जस्तो जीवन भोगे पनि जीवनलाई फूलकै रूपमा परिभाषित गर्न पछि नपर्ने बताएकी छन् । नेपाल सरकारले काठमाडौंमा घर बनाइदिए पनि उनी धेरै समय बस्न सकिनन् । धनकुटाको कचिडेमा रहेको पुर्खौली घरमै सरिन् । अहिले कचिडेमै बसिरहेकी छन् ।

Leave a Reply