पीएस गुरुङ भन्छन्- सडकले माग्दैमा पार्टी नेतृत्व परिवर्तन हुँदैन, अबको अध्यक्ष ओली नै

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सडकबाट माग हुँदैमा पार्टी नेतृत्व परिवर्तन नहुने बताएका छन्।

प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अहिले एमालेमा ओलीको विकल्प नभएको उनको तर्क छ।

उनले भने, ‘अब हुने महाधिवेशन नेतृत्वको हो, नीतिको हामीले गरिसकेका छौँ। नेतृत्व चयन गर्दा हामीले अरू कसैको एजेन्डा पूरा गर्न पर्दैन। एमालेको अध्यक्ष केपी ओली हुनु भएन भन्छन्, देउवा र प्रचण्डले पनि नेतृत्व छाड्नुपर्छ भन्दै छन्, तर सडकमा उठेको आवाजकै कारणले पार्टीले आफ्नो नेता फैर्दै जाँदैन। आवश्यक परे केपी ओलीलाई हामीले हटाउने हो नि। जेनजी र सात समुन्द्र पारिको देशहरूले भनेर पार्टीको नेतृत्व फेरिँदैन।’

एमालेले र अध्यक्ष ओलीले राष्ट्र हितको पक्षमा उभिएको कारणले प्रहार भएको दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *