नेकपाको एकता सभा आज विराटनगरमा

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुनेछ ।

सभामा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सभामा शक्ति प्रदर्शनको रूपमा विभिन्न ठाउँबाट कार्यकर्ता भेला भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *