व्यवसायीले प्रशासनलाई भने- चिप्लेढुंगामा ध्वनि प्रदूषण हुने माइकिङ र आमसभामा रोक लगाउनु

पोखरा । पोखरा चिप्लेढुंगाका व्यवसायीले चिप्लेढुङ्गा मानव अधिकारचोकमा ध्वनि प्रदूषण हुने माइकिङ, आमसभा रोक लगाउन प्रशासनलाई ध्यानाकर्षण गरेका छन् ।

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले आइतबार जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, ट्राफिक प्रहरी र वडा कार्यालयलाई आमसभाका कार्यक्रम रोक्न ध्यानाकर्षण गराएको हो ।

‘चिप्लेढुङ्गा मानव अधिकार चोकमा विभिन्न समयमा विभिन्न दल, संघ संस्थाहरूले सडक कब्जा गरी गर्ने गरिने कार्यक्रमहरूबाट यस मानव अधिकार चोक वा यस वरपर ध्वनि प्रदूषण हुने माइकिङ आमसभा जस्ता कुनै पनि कार्यक्रमहरू लाई प्रशासन बाट रोक लगाउन हाम्रो संस्था चिप्लेढुङ्गा सिद्धार्थचोक व्यवसायी समिति लगायत चिप्लेढुङ्गा टोल विकास संस्था, चिप्लेढुङ्गा पश्चिम सडक उपभोक्ता समिति, महिला समाज सेवा समिति, आर्दशमार्ग २ टोल विकास संस्था यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ ध्यानाकर्षणमा भनिएको छ ।

उक्त ठाउँमा आइतबार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता सन्देश सभा आयोजना गरेका थिए । उक्त समयमा उनीहरूले आमसभाले अस्तव्यस्त हुने भन्दै विरोध जनाएका थिए ।

व्यवसायीले ‘गरी खान देऊ’ भन्दै मानवअधिकार चोक वरपर रहेका सटर बन्द गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *