
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदात हुने बताएका छन् ।
एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा हुने बताए ।
‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन । रोक्ने सोक्ने काम हुँदैन । प्रतिस्पर्धा हुन्छ,’ ओलीले भने, ‘एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान् । नदिइएको होइन, मेरो आग्रह छ एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने ? त्यस्तो नगरौं ।‘
अध्यक्ष ओलीले सहमतिका साथ लड्न र सहमतिका साथ अघि बढ्न आग्रह गरे । उनले केन्द्रीय सदस्य पनि सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने ओलीको भनाइ थियो ।
उनले पार्टी पुनर्गठन, हस्तान्तरण पुस्तान्तरणको आवाज उठिरहेको बताउँदै आवश्यकता अनुसार हुने बताए । ओलीले भने, ‘त्यसैका लागि हो अधिवेशन चाहिने ।‘

Leave a Reply