रास्वपासँग एकीकरणमा नजाने मिलन पाण्डेको घोषणा

काठमाडौं । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली अभियानमार्फत् २०७० सालबाट राजनीतिमा प्रवेश गरेका मिलन पाण्डेले रास्वपासँगको एकीकरणमा नजाने घोषणा गरेका छन् ।

उनले अब केही समय ‘कुलिङ पिरियड’ लिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् । पाण्डेले नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने बताएका छन् । ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ ।’ उनले भनेका छन् ।

उनले यो एकीकरणमा सामेल नभएको स्पष्ट पार्दै लेखेका छन्-‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ ।’ विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *