
दाङ । बबई नदिमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजना किशोरको मृत्यु भएको छ ।
तुलसीपुर-११ कटाहका १३ वर्षीय नीरज चौधरी दंगिशरण ३ को पदमपुरस्थित बबई नदिमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार दंगीशरण ३ चखौराका ३५ वर्षीय सरोज चौधरीले मृतक किशोरसहित सोही ठाउँका २९ वर्षीय रोहित चौधरी, ३२ वर्षीय प्रदीप चौधरी र ३० वर्षीय जीवन चौधरीलाई लगेर जेनेटरसहित बबई नदिमा माछा मार्न गएका थिए ।
माछा मार्न गएका सरोजसहित प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । पक्राउ परेका सरोज लुम्बिनी प्रदेशका पूर्वसांसद धमकली चौधरीका छोरा हुन् ।

Leave a Reply