
काठमाडौं । नेपाल तरुण दलले चुनावको वातावरण बनाउन पार्टीपङ्क्तिलाई सात बुँदे परिपत्र पठाएको छ।
अध्यक्ष विद्वान गुरुङले सबै जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै र्यालीलगायत मार्चपास गरी कोण सभा आयोजना गरी राजनीतिक गतिविधि बढाउन निर्देशन दिएका हुन् ।
सभालाई सम्बोधन गर्दा निर्धारित समयमै निर्वाचनको सुनिश्चितताको बारे सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने, जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेन-जी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदातालगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्न भनेको छ ।
जिल्लामा रहेका जेन-जी उमेर समूहका युवालाई पार्टीको जिल्लास्थित नेताहरूको उपस्थितिमा व्यापक रूपमा दल प्रवेशको कार्यक्रम आयोजना गर्ने, जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमनचयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउनेलगायत राजनीतिक गतिविधि गर्न निर्देशन दिएको छ ।

Leave a Reply