
काठमाडौं । साहित्यकार इन्द्रबहादुर राई बितेको ७ वर्ष हुन लागिसक्यो । उनको अमर कृति ‘आज रमिता छ’ उपन्यासको ‘शीर्षक‘ भने राजनीतिदेखि मेलापातसम्म सधैं काम लाग्छ ।
इन्द्रबहादुरले उपन्यास ‘आज रमिता छ‘ लेख्दा मोबाइल फोनको विकास संसारमा भइसकेको थिएन । त्यो जमानामा रमिता भनेको कुनै डाँडामा बसेर हेरिन्थ्यो । त्यसैले पहाडतिर प्रायः हरेक गाउँमा ‘रमिते डाँडा’ भन्ने ठाउँ छन् । जहाँबाट अनेक रमिताहरू हेरिन्थ्यो ।
प्रधानमन्त्री भेट्न पुगेका मिराज ढुंगानासहितका जेन-जीलाई प्रहरीले गेटबाटै लखेट्यो
पछिल्ला केही दिनयता देशको केन्द्रीय सचिवालय सिंहदरबारभित्र र बाहिर ‘रमिता’ चलिरहेको छ । ‘आज रमिता छ‘ भनेरमात्र नपुग्ने दृश्य सिंहदरबार प्रवेशद्वारदेखि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयतिर देखिन्छन् । त्यसैले अचेल ‘रमिता चलिरहेको छ’ भन्दा हुन्छ ।
जेन–जी आन्दोलनमा आगजनी भएर ध्वस्त बनेको सिंहदबारमा चलिरहेको ‘रमिता‘ का आयोजक पनि जेन–जी समूह नै हुन् । विभिन्न नामका जेन–जी समूह खोलेर नेता बन्न खोज्ने र आन्दोलनका उपलब्धीको फाइदा लिन खोज्नेहरूको रमिता सिंहदरबारमा चलिरहेको छ अचेल ।
सिंहदरबार छिर्न नपाएपछि मिराज र रविकिरणसहित २१ जेन-जी समूहले गेटमै टाँसे मागपत्र
जेन–जी आन्दोलनको उद्देश्यविपरीत अचानक धेरै परिवर्तन, सत्तापलट र विध्वंश भए । जेन–जीका नाममा अनेक स्वार्थ समूह खडा भए । र, जेन–जीकै बलिदानमा बनेको सरकारलाई अप्ठेरो पारिरहे । त्यसैले पछिल्लो समय प्रधानमन्त्री र मन्त्रीहरूले उनीहरूलाई बेवास्ता गरेर सरकारको मुख्य दायित्व चुनावतर्फ केन्द्रित भएपछि सिंहदरबारभित्र र बाहिर रमिता चलेको हो ।
सोमबारमात्र मात्र तीनथरी दृश्य देखिए । एकथरी सिंहदरबारको गेटमै रोकिए, अर्कोथरीले प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरे र तेस्रो समूह मागपत्र खल्तीमा राखेर सुटुक्क फर्कियो । ती समूह मङ्गलबार पनि सिंहदरबार गेटमा पुगेका थिए ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मात्रपत्र बुझाउन गएका जेन–जीका विभिन्न समूहहरू त्यतिकै फर्किए । प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि उनीहरूले प्रधानमन्त्री कार्यालय परिसरमै होहल्ला र नाराबाजी गरे । अन्तमा सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर फर्किए ।
ओली र लेखकलाई पक्राउ गराउने अभियानमा सुधन गुरुङ, रास्वपाका दुई नेताको समर्थन
मिराज ढुंगाना, रविकिरण हमाललगायत जेन–जी अगुवाहरू मागपत्र लिएर गएका थिए । उनीहरू कोही राजावादी जेन–जी थिए त कोही संविधान खारेजीको माग राख्ने जेन–जीहरू पनि थिए । यही भीडमा थिए जेन–जी अगुवा सुधन गुरुङदेखि सुप्रिया शाहीसम्म ।
गुरुङ पनि मागपत्र लिएर सिंहदरबार पुगेका थिए । तर, उनले पनि प्रधानमन्त्री कार्कीलाई भेट्न पाएनन् । प्रधानमन्त्रीलाई भेट्न नपाएपछि मागपत्र गोजीमा हालेर सुटुक्क सिंहदरबारबाट बाहिरिएको पाइएको छ । त्यसपछि सुप्रियाको समूहले प्रधानमन्त्री कार्यालयमा हङ्गामा मच्चाएको थियो ।
सुधन गुरुङको आरोप- गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको जस्तो लाग्न थाल्यो ! (भिडिओ)
स्रोतले भन्यो,– ‘उहाँ (सुधन) प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले गरेका नियुक्तिको हल्लाबारे बुझ्नलाई जानुभएको थियो । संवैधानिक नियुक्तिहरूलाई खारेज गरिनुपर्छ भन्ने पनि उहाँको माग थियो । योग्यता र कार्यकुशलताको आधारमा नियुक्तिहरू गरिनुपर्छ भन्ने उहाँको माग थियो । तर, अरु जेन–जीहरूले हल्लाखल्ला गरेपछि स्थितिलाई थप भड्किन नदिन उहाँले प्रधानमन्त्रीलाई भेट्नुभएन ।’
बुझिए अनुसार प्रधानमन्त्री कार्कीले कसैलाई पनि भेट्न चाहेकी छैनन् । केही समयअघि सम्पादकहरूको छलफलका क्रममा थरीथरीका जेन–जीको समूह आएको र खास जेन–जी अगुवाको पहिचान गर्नै गाह्रो भएको बताएकी थिइन् । अनेकथरी जेन–जी बनेर अनावश्यक दबाब र हस्तक्षेप गर्न थालेपछि प्रधामन्त्री र मन्त्रीहरू पनि दिक्क भइसकेका छन् ।
सरकारी अड्डामा सुधन गुरुङको ब्रिफिङ लिने र निर्देशन दिने ‘वैधानिक ओहोदा’ माथि सार्वजनिक प्रश्न
मिराज ढुंगाना समूहले संविधान खारेजीदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्मको माग राखेको मागपत्र सिंहदरबारको पश्चिम गेटमा टाँसेर फर्किएको थियो । बुधबार पनि उनीहरू सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ ।
देशभरी जेन–जीका नाममा अवाञ्छित समूह र व्यक्तिहरूले अराजकता मच्चाउन थालेपछि सरकार कठोर बन्न थालेको छ । अराजकता सिर्जना गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । त्यसैले अहिले जेन–जीका अगुवाहरूले गृहमन्त्रीविरुद्ध प्रदर्शन तथा सामाजिक सञ्जालबाट विरोधको ‘ट्रेण्डिङ‘ चलाउन थालेका छन् ।
प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने–कुनै संगठित शक्ति र नेता नहुँदा अचेल जेनजीका नाममा जो पनि समूह बनाएर आउँने र प्रधानमन्त्रीसँगै भेट्न खोज्ने प्रवृति बढेको छ । भेट्न समय नपाएपछि फेसबुकमा भिडिओ अपलोड गर्छन् । जेनजी आन्दोलनका नाममा नक्कली घाइतेहरु खडा भएका छन् । अनेकखाले मान्छेहरु र पार्टीका कार्यकर्ताहरु जेनजी अगुवा बनेर हैरान बनाइरहेका छन् ।
जेनजी आन्दोलनकै एक अभियन्ता कर्णाली संयोजक सुप्रिया शाहीले भने जेनजीका नाममा रक्षा बम र ओजश्वी थापाले सत्ता कब्जा गरेर अरुलाई निषेध गरेको आरोप लगाएकी छन् । शाहीका अनुसार ओजश्वी थापा सुधन गुरुङको हामी नेपाल संस्थाका कर्मचारी हुन् भने रक्षा बम जेनजी आन्दोलनको अगुवा दावी गर्ने अमेरिकन युथ काउन्सिलकी सदस्य हुन् ।
टासी ल्हाजोमको नागरिकता छानबिन गर्नुपर्छ भनेपछि सुधन गुरुङ समूहको जेनजी कर्णाली संयोजकबाट कारवाहीमा परेकी सुप्रिया शाहीले आफूहरुलाई रक्षा बम र ओजश्वी थापाहरुले प्रधानमन्त्रीसँग भेट्नबाट रोकेको आरोप लगाएकी छन् ।
सुदन गुरुङलगायत जेनजी नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी
किसान श्रेष्ठको घरमा घुसेर सुधन गुरुङको ध्वाँस- काठमाडौंबाट एउटा बहुला आएको छ भन्दिनू !

Leave a Reply