
काठमाडौं । करिब ५० वर्षअघि भारतमा रिलिज भएको बलिउड चलचित्र शोले सम्भवतः सबैभन्दा धेरै हेरिएको, चर्चा कमाएको र आज पनि उत्तिकै हेरिने कालजयी फिल्म हो । यही चलचित्रका दुई प्रमुख पात्र थिए वीरु अर्थात धमेन्द्र र जय अर्थात अभिताभ बच्चन ।
सोमबार सहकर्मी अभिनेता धमेन्द्रको निधनपछि अमिताभ बच्चनले सोसल मिडिया एक्समा आफ्नो भावना व्यक्त गर्दै आफूले एक बहादुर र दिग्गज योद्दा गुमाएको टिप्पणी गरेका छन् । धर्मेन्द्रले मञ्च छाडेर गएसँगै सहनै नसकिने धुनसहितको खामोशी छाडेर गएको टिप्पणी अमिताभले गरेका छन् ।
अमिताभ बच्चन लेख्छन्-उनी महानताका पहिचान थिए । आफ्नो दमदार उपस्थितिको कारणमात्र नभएर करुणा र सादगी जीवनका लागि पनि उनी परिचित थिए । उनले आफ्नो साथ पन्जाबको त्यो गाउँको माटाको पनि सादगी लिएर आएका थिए, जहाँबाट उनी निस्किन्थे । आज मेरो छेउछाउमा एउटा शून्यता छाएको छ, यस्तो शून्यता जुन अब कहिल्यै भरिँदैन ।
भारतका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमवार निधन भएको थियो । उनका छोरा बबी देवल, सन्नी देवल, छोरी इशा देवल पनि बलिउडका चर्चित हस्ती हुन् । पत्नी हेमा मालिनी त शोलेकै एक नायिका नै थिइन् ।


Leave a Reply