
काठमाडौं । मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको एआईजीमा ईश्वर कार्कीलाई बढुवा गर्ने सिफारिस स्वीकृत गरेको छ ।
कार्कीको बढुवापछि रिक्त रहेको प्रदेश प्रहरी कार्यालयको प्रमुखमा डीआईजी विनोद घिमिरे सरुवा भएका छन् । एआईजी कार्कीको पदस्थापन भएको छैन ।
प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित सूचीअनुसार डीआईजी दिलिपसिंह देउवा प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र दिपककुमार बस्नेत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा भएका छन् ।

Leave a Reply