
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी बीच एकल चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको छ ।
पार्टीका तीनै नेताले आइतबार सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
उनीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एकल चुनाव चिह्नमा हाल नाउपाकव कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ ।
उनीहरुले विचार मिल्ने अन्य पार्टीलाई समेत एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन् ।

Leave a Reply