फेब्रुअरी ११ देखि सूचना तथा सञ्चार प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । नेपालमा आविष्कार र नवप्रवर्तनलाई प्रेरित गर्ने उद्देश्यले सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीटीपी-२०२६) आयोजना हुने भएको छ ।

सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउन र सुधारिएको तथा दिगो प्राविधिक विकाससम्बन्धी ज्ञान आदानप्रदानलाई प्रोत्साहित गरिने बताइएको छ । नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष रूपमा सिक्ने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्गहरू पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्ने रिसर्च एण्ड इन्नोभेसन सेन्टर फर नेपाल (रिकन ) तथा सम्मेलनका सचिव इञ्जिनियर विरोध रिजाल बताए । सम्मेलन २०२६ फेब्रुअरी ११ देखि १४ सम्म होटल हायात सेन्ट्रिक, सोल्टी मोडमा हुनेछ ।

सम्मेलनले नेपालको वैज्ञानिक तथा शैक्षिक क्षेत्रमा एक महत्त्वपूर्ण कोशेढुंगा साबित हुने जनाइएको छ । सम्मेलनको मुख्य उद्देश्य नेपालभित्र प्राज्ञिक सम्मेलन र प्रकाशनको गुणस्तरमा वृद्धि गर्नु, नेपाली शैक्षिक संस्थाहरूमा बलियो अनुसन्धान संस्कृति विकास गर्नु र विश्वव्यापी वैज्ञानिक समुदायमा अर्थपूर्ण योगदान पुर्‍याउनु रहेको बताइएको छ ।

यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनाम लगायतका देशहरूका विशिष्ट प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले मुख्य वक्ताको रूपमा सहभागिता जनाउनेछन् । सम्मेलनमा अन्तर्राष्ट्रिय योगदानकर्ताहरूबाट १५० भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गर्ने समेत बताइएको छ ।

सम्मेलनको थप विशेषता कोरियाको शीर्ष अनुसन्धान विश्वविद्यालय, कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी अन्तर्गतको स्कुल अफ ग्लोबल डिजिटल इनोभेसनद्वारा आयोजना गरिने ग्लोबल डिजिटल इनोभेसन र प्रभाव सम्बन्धी विशेष कार्यशाला रहेको जनाइएको छ ।

यस कार्यशालामार्फत, कोरिया र अन्य देशहरूका सरकारी अधिकारीहरू, नीति निर्माताहरू र डिजिटल गभर्नेन्सका नेतृत्वकर्ताहरूले डिजिटल गभर्नेन्सका नवीनतम नीतिहरू, एआई रणनीतिहरू र सीमापार सहकार्यबारे छलफल गर्नेछन् ।

यसले नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष रूपमा सिक्ने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्गहरू पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्नेछ । सम्मेलन २०२६ फेब्रुअरी ११ देखि १४ सम्म काठमाडौँको होटल हायात सेन्ट्रिक, सोल्टी मोड मा आयोजना हुने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *