
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई योजनाबद्ध रूपमा नियन्त्रित अस्थिरतातिर धकेलेको आरोप लगाएका छन्।
शनिबार सिन्धुपाल्चोकको चौतारामा सम्पन्न आजपा जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले जेन-जी आन्दोलनका मर्म, भावना र उद्देश्यमा दुवै नेतृत्वले प्रहार गरेको दाबी गरे।
शाहाले भने,‘जेन–जी आन्दोलन युवाको थियो, तर सुशीला, अर्याल र कुलमानले हाईज्याक गरे’। साहले भदौ २३ गतेको जेन–जी आन्दोलन वास्तविक जनआक्रोश हो भन्ने स्वीकार्दै थपे। आन्दोलन सही थियो, तर त्यसलाई कसले अपहरण गर्यो ? सुशीला कार्की, ओमप्रकाश अर्याल र कुलमान घिसिङले।”
उनका अनुसार २४ भदौमा सुशीला कार्की, कुलमान र अर्यालको आकस्मिक र सक्रिय सडक उपस्थितिले नै आन्दोलनको नेतृत्व युवाहरूबाट अपहरण भएको दाबी गरे । ‘गृहमन्त्री लुते भएका कारण अराजकता फैलिएको हो।’
पूर्वमन्त्री शाहाले वर्तमान सरकारका गृहमन्त्री लुते भएकाले एमाले लगायतका पार्टीहरुले अराजक गतिविधि गरिरहेको आरोप लगाए । शाहाले
भने–“लुते गृहमन्त्री भएकोले एमालेका हिंसात्मक क्रियाकलाप नियन्त्रण हुन सकेको छैन।” उनले लुटिएका हतियार नियन्त्रण, फरारबन्दी समात्न नसक्नु, जेन–जी आन्दोलनमा दमन गर्नेलाई बयान लिन नसक्नु जस्ता कमजोरीले गृहमन्त्रीको राजीनामा मागिनु जायज भएको बताए।
“रवि लामिछानेलाई सिंहदरबारमा बोलाएर बयान लिन सक्ने सरकारले भदौ २३ को दमन–हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई किन बयान लिन सकेन ?” भन्दै प्रश्न समेत गरेका छन् ।
वर्तमान सरकारकार मन्त्री कुलमान घिसिङप्रति पनि शाह खनिए उनले भने‘निर्दलीय सरकारमै बसेर दल खोल्ने कुलमानको उद्देश्य के ?’ साहले कुलमान घिसिङले निर्दलीय सरकारमै बसेर नयाँ दल बनाएकोप्रति पनि प्रश्न उठाए । “राजनीति कै लागि दल खोल्ने हो भने जेन–जी आन्दोलनअघि किन नखोलेको ? अहिले किन खोलेको भन्दै प्रश्न गरे । उनले दल खोल्ने प्रवृत्ति चुनावी फेशन जस्तै भएको र यस्तो प्रवृत्तिले देशलाई केही नदिने आरोप लगाए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले दिनदिनै नाटक गरिरहेका शाहको आरोप थियो उनले भने ओलीले अहिले सडकमा नाटक गरिरहेका छन् अब पार्टीबाट पनि पछारिने डर’ ओलीलाई छ । एमाले अध्यक्ष केपी ओलीको हालको गतिविधि ‘तमासा’ भएको उल्लेख गर्दै साहले भने राज्यसत्ताबाट पछारिएका ओली अब पार्टी सत्ताबाट पनि हटाइने भयले दिनदिनै नाटक गर्न व्यस्त छन्।” उनले ओलीको दमनकारी भूमिकाले देश मुठभेडतिर धकेलिएको आरोप लगाए ।
आजपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा आजपा सह अध्यक्ष एवं संविधान सभाका सभाषद तिलक थापामगर, बागमती प्रदेशका इन्चार्ज धनकुमारी मगर, वाग्मती प्रदेश अध्यक्ष पसाङ तामाङ, सचिवालय सदस्यहरु सुभाष साह, रन्जु साह, सिमा जैसवाल, बिन्दा कटुवाल, अन्जना तामाङ, सुनिता तामाङ, सुमन गुरुङ, कोशिला देवी साह लगायतको विशेष सहभागिता रहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

Leave a Reply