
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आज किभमा शीर्ष अमेरिकी सैन्य प्रतिनिधि मण्डलसँग भेटघाट गर्दैछन् । उनले पेन्टागनमा शीर्ष अधिकारीसँग भेट गर्नेछन् ।
समाचार संस्था एएफपीका अनुसार क्रेमलिनको अनुकूल सर्तमा रहेर मस्कोसँगको युद्ध समाप्त गर्ने अमेरिकी योजनाको विवरण अगाडि आएपछि बैठक सुरु हुनेछ ।
जेलेन्स्कीका सहयोगी दिमित्रो लिट्विनले पत्रकारलाई बताएअनुसार राष्ट्रपतिले अमेरिकी सेना सचिव ड्यानियल डिस्कलको नेतृत्वमा अमेरिकी प्रतिनिधि मण्डलसँग भेटघाट गर्नेछन् ।
अमेरिकी टोलीले यसअघि युक्रेनका प्रधानमन्त्री जुलिया स्विरिडेन्कोसँग समेत भेटघाट गरेको सञ्चारमाध्यम द गार्जियनले उल्लेख गरेको छ ।

समाचारका अनुसार युक्रेनमाथि रुसी आक्रमणलाई समाप्त गर्नका लागि अमेरिका र रुसले २८ सूत्रीय योजना निर्माण गरेका छन् । दुवै पक्षले योजनाको मस्यौदा तयार गरेको बताइएको छ । सोही सन्दर्भमा युक्रेनी राष्ट्रपतिले बिहीबार किभमा पेन्टागनका शीर्ष अधिकारीलाई भेट गर्ने कार्यक्रम रहेको छ ।
२८ बुँदे मस्यौदाका बारेमा एक्सियो, एफटी र न्युयोर्क टाइम्सले उल्लेख गरेका छन् । युक्रेनले रुसले कब्जा गरेको पूर्वी डोनबास क्षेत्रका बाँकी भाग रुसलाई सुम्पिनु पर्ने छ । त्यस्तै युक्रेनले रुस लक्षित सशस्त्र बलमा आधा कटौती गर्नुपर्ने र केही हतियार विशेष गरी लामो दूरीका क्षेप्यास्त्र घटाउनु पर्ने वा त्याग्नुपर्ने माग छन् । द गार्जियनका अनुसार युक्रेनले स्वेच्छाले आफ्ना ती क्षेत्र रुसलाई सुम्पनु पर्ने हुन्छ जुन मस्कोले बलपूर्वक प्राप्त गर्न असमर्थ रह्यो ।


Leave a Reply