
रूपन्देही । पछिल्लो अत्यधिक फ्यान फलोइङ भएका गायकमा पर्छन् प्रकाश दुतराज । अझ युवतीहरूमा त उनको बयान गरिनसक्नु क्रेज छ । यसैको एक झल्को हालै बुटलमा देखियो ।
बुटवलको देवीनगरमा लागेको मेलामा कलाकार दुतराजले प्रस्तुति दिएका थिए । उनले गीत गाउने क्रममै स्टेजमा चढेर एक युवती जबरजस्ति स्टेज उक्लिइन् । दुतराजलाई कसिलो अंगालोमा बेरिन् । उनलाई त्यहाँबाट छुटाउनै हम्मे परेको थियो । यसको भिडिओ अहिले टिकटकमा भाइरल बनिरहेको छ ।
मंगलबार राती मेलामा ९ बजेदेखि १० बजेसम्म दुतराजले स्टेज तताएका थिए । दुतराजको प्रस्तुतिमा भावविभोर भएकी युवती पटक(पटकको प्रयासपछि स्टेज उक्लिन सफल भएकी थिइन् ।
`हाे.. टाेपी मैलो भाे, मैले तिमीलाई नभन्या मात्रै हाे मन पर्या धेरै पहिले हाे,,,,´ बाेलकाे गीत गाउने क्रममा ती युवती प्रहरीकाे घेरा ताेडेर मन्चमा उक्लेकी हुन् ।
दुतराजले गाउन थालेदेखि नै युवतीले पटकपटक तलबाट उनलाई छुने प्रयास गरिरहेकी थिइन् । मञ्चको सुरक्षामा रहेका प्रहरी र आयोजकले उनलाई रोकेका थिए । माथि चढ्न नपाएपछि तल झरेर रोइरहेकी थिइन् उनी । तर एकछिनमा सबैलाई छक्काएर मन्चमा पुग्न सफल भइन् ।
कार्यक्रममा सहभागी दिपक कुँवरले भनेका छन्, ञप्रकाशो गीतले धेरैलाई भावुक बनाउँछ, तर मन्चमै पुगेर कलाकारलाई छोप्ने विषयमा आयोजकको ध्यान पुगेको देखिएन, सुरक्षाको कुरा हुन्छ ।झ
आयोजक मध्येका एक सदस्यले प्रकाशले ५-६ वटा गीत गाएको र धेरैलाई लठ्याएको बताए । यस्तो घटनामा कलाकारले पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
ञकलाकार आफैले पहिलेबाट हात दिइरहेका थिए, फ्यानहरू एकपटक भेटौं भन्ने हुन सक्छन्, तर सचेत रहनुपर्छ । आयोजक पनि सचेत हुनुपर्ने महसुस भयो, पहिले त रोकिएको थियो ।झ
केही समयअघि दुतराजलाई स्टेजमै उक्लेर एक महिला फ्यानले चुम्मा गरेको भिडिओ भाइरल भएको थियो ।

Leave a Reply