
काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले पार्टी विभाजन गर्ने कुरा आफूहरूले परिकल्पना समेत नगरेको बताएका छन्।
आज काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापतिले पनि आफूहरूप्रति कुनै नराम्रो नसोचेको बताए।
उनले भने, ‘यो कुनै नेता विशेषको घरेलु मामला होइन, यो ८ लाख पार्टी सदस्यहरूको साझा मामला हो। त्यसैले हामीले विधानको बाटोबाट अघि बढेका हौँ। त्यसैले पार्टी विभाजनको कुरा आउँदैन।’
उनले पार्टी एकताबद्ध बनाउनुबाहेक अरू कुनै कुरा नसोचेको जिकिर गरे। उनले थपे, ‘बहुमत ५५ प्रतिशत पार्टी बलियो बनाउन लागेका छन्, अँध्यारो कुनाबाट छिटपुट यस्ता कुराहरू आएका छन्।’

Leave a Reply