
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई पार्टीबाट निकाल्नेहरुलाई पदाधिकारी बनाएर छेउछेउमा राखेको बताएका छन्।
स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै आफूलाई पार्टीबाट निकाल्नेहरुलाई सम्मानपूर्वक सजाएको बताए।
उनले एमाले प्रचण्डजस्तो संकटग्रस्त पार्टी नभएको जिकिर गरे।
उनले भने, ‘कहिँ काम गर्न नसकेपछि कताबाट कता गए, कताबाट कताए, पार्टीपनि नचलेपछि वृद्धाश्रम जस्तो पार्टी बनाएका छन्। एमाले देशका लागि लड्ने पार्टी हो, वृद्धाश्रम होइन।
एकताका नाममा नचाहिने काम नगर्ने मानिसहरू थुपारेर अब नबस्ने बताए।
उनले थपे, ‘अब देख्छन् प्रचण्डले, एक ढंगले भन्ने हो भने म एकदम खुसी छु। दोस्रो, तेस्रो, चौथो र छैटौं नम्बर मेरै साथी। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्। मेरा साथीले त प्रचण्डलाई घेरिसके। माओवादी पार्टी विघटन गराइदिए। माओवादी पार्टी अब विप्लवजीहरूले बनाउनुभएको छ।’

Leave a Reply