बालाचतुर्दशीमा शतबीज र्छन देशभरका शिवालयमा भक्तजनको भिड

काठमाडौँ । आज मंसिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजको दिन काठमाडौँको पशुपतिसहित देशभरका शिवालयमा दिवंगत पितृको सद्गति कामनासहित शतबीज छर्ने प्रचलन छ ।

अघिल्लो रातभर दीपदान गरी बसेका भक्तजनले बालाचतुर्दशीका दिन बिहान आफ्ना दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट भक्तजन काठमाडौँको पशुपति पुग्छन् भने गाउँको शिवालयमा पनि बालाचतुर्दशी मनाउने चलन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *