
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि पुन:स्थापनाको विकल्प नभएको बताएका छन् । विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठकमा बोल्दै संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गरे ।
उनले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलन हुन्छ, अग्रगामी हुन्छ, संविधान र लोकतन्त्रको पक्षमा हुन्छ । सबैको जीउधनको रक्षाको पक्षमा हुनेछ । भय, त्रास सिर्जना गर्न र लुटपाट गर्नको लागि होइन ।’
उनले आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पारे । आन्दोलनलाई अगाडि बढाउन सांसदहरू तयार हुन निर्देशन दिए ।

Leave a Reply