एमाले नहुने चुनावको पैरवी गर्दैन : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमाले नहिँड्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित विघटित संसदको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पोखरेलले त्यस्तो बताएका हुन् ।

जेन-जीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समधान गर्न नसक्ने भन्दै पोखरेलले वर्तमान सरकारले मुलुकलाई अगाडि होइन, पछाडि धकेलिरहेको बताए ।

विघटित संसदीय दलको बैठक संसद पुनःस्थापनामा बल पुर्‍याउनका लागि आयोजना गरिएको उनको भनाइ थियो । पोखरेलले भने, ‘संविधानले नचिनेको प्रधानमन्त्रीले संसद विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत छ ।’

विगतका फैसला र नजिरले पनि संसद पुन:स्थापना आवश्यक देखिने भन्दै महासचिव पोखरेलले राजनीतिको बिग्रेको कोर्स त्यही बिन्दुबाट सुधार्नु पर्ने धारणा राखे ।

उनले चुनावको कुरा गर्नेहरू नै चुनाव हुनेमा विश्वस्त नरहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *