शेखरसँग छलफलमा जुट्दै गगन-विश्व

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले इतर पक्षका नेता डा. शेखर कोइरालासँग भेट गर्ने भएका छन् ।

महाधिवेशनबारे विवाद चर्किएपछि समान धारणा बनाउन महामन्त्रीद्वयले कोइरालासँग भेट गर्न लागेको एक नेताले बताए । भेट्ने निश्चित भए पनि समय र स्थान अहिलेसम्म आफूलाई पनि जानकारी ती नेताले बताए ।

संस्थापन पक्षले पेलेर चुनावपछि मात्रै महाधिवेशन गर्न खोजेपछि विशेष महाधिवेशनको तयारी गर्न महामन्त्रीद्वय जुटेका हुन् । शेखरले आजै बिहान युवाहरुसँगको भेटमा पुसभित्र नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

शेखर कोइरालाको बालुवाटारस्थिति सम्पर्क कार्यालयमा अहिले शेखर, गगन, बद्री पाण्डे , जीवन परियार , गुरुराज घिमिरे र देवराज चालिसे छलफल भइरहेको छ । विश्वप्रकाश एक कार्यक्रममा भएकाले केहीबेरमा सहभागी हुने बताइएको छ । धनराज गुरुङ उपत्यका बाहिर छन् । पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि रणनीति बनाउनेगरी उनीहरू छलफलमा जुटेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *