रविको मुद्दा पुनर्विचार गर्न सरकारसमक्ष रास्वपाको माग

काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई भेटेका छन् । नख्खु कारागार पुगेर रविलाई भेटेर फर्किने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै समग्र राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।

उनले भने, ‘तत्कालीन ओली सरकारले सभापतिमाथि प्रतिशोध राखिएको भन्ने ४० लाख हस्ताक्षरले प्रस्ट हुन्छ । त्यस बेला संसदीय छानबिन समितिको पेज नम्बर ४४९ फेरि पढिदिन यो सरकारलाई आग्रह गरेका छौँ । अरू केही पनि होइन ।’

उनले संसदीय छानबिन समितिको प्रतिवेदन अनुसन्धान गर्नको लागि फेरि कानुनी राय लिन सरकारलाई सुझाव दिए । उनले अदालतप्रति प्रश्न नभएपनि न्यायाधीश नियुक्ति प्रक्रियामा पनि प्रश्न उठाए ।

उनले भने, ‘प्रतिशोधको राजनीतिको उद्गम स्थल नै ओली सरकारको क्याबिनेट बैठक हो । कुन दुराशय राखेर त्यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो, त्यो पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’

रवि लामिछानेको मुद्दामा कोर्स करेक्सन गर्न सरकारसँग माग गरे । प्रधानमन्त्री हुनुअघि सुशीला कार्कीले नै रवि लामिछानेमाथि अन्याय भएको भन्दै बोलेको विषय पनि स्मरण गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *