नियमित नभए केन्द्रीय समितिले विशेष महाधिवेशनमा जाने निर्णय गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्र नियमित महाधिवेशन नभए केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताएका छन्।

आज बिहान पार्टीका युवाहरूसँगको भेटमा आफूले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने कुरा राख्दै आइरहेको बताए।

उनले भने, ‘मैले मंसिरभित्र महाधिवेशन गर्नुपर्छ भनिरहेकै छु। अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, मेरो कुरा अहिले पनि त्यही छ मंसिरको सट्टा पुस अन्तिमसम्ममा हुनुपर्‍यो।’

उनले पार्टीलाई एकताबद्ध बनाउनको लागि बहुमतको आधारमा नभई केन्द्रीय समितिले नै विशेष महाधिवेशनमा जाने निर्णय गर्नुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *