जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक, पार्टी एकताबारे छलफल हुने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ। एकताबारे छलफल गर्न दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेगरी बैठक बोलाएको हो।

जसपाले पार्टी एकताको लागि नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपाललगायत दलसँग छलफल चलाइरहेको छ। जसपाले पार्टी एकताबारे वार्ता गर्नको लागि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल समेत बनाएको छ।

सो कार्यदलले नेकपासँग शनिबार छलफल गरेको थियो। सो वार्ता सकारात्मक भएपछि आज अध्यक्ष राईले थप निर्णय गर्न कार्यकारिणी समिति बैठक राख्न लागेका हुन्।

जसपाले विचार मिल्नेहरुसँग एकता नभए आगामी चुनावमा सहकार्य गर्ने तयारी गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *