पाकिस्तानमा पटाका कारखानामा विस्फोट, ७ जनाको मृत्यु

काठमाडौं । दक्षिण पाकिस्तानको सिन्ध प्रान्तस्थित हैदराबाद जिल्लाको लघारी गोठमा रहेको एक पटाका कारखानामा शनिबार साँझ भएको शक्तिशाली विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ र सात जना घाइते भएका छन् ।

सिन्धका प्रवक्ता हसन उल हसीबका अनुसार विस्फोटपछि लागेको भीषण आगलागीले पूरा कारखाना जल्दै गएको थियो ।

उद्धारकर्मीहरूले घटनास्थलबाट शवहरू निकालेर घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाएका छन्, जहाँ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
विस्फोटको कारणबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

-रासस/ सिन्ह्वा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *