
काठमाडौं । नेपाल र अष्ट्रेलियाबिचको सम्बन्ध शिक्षा, व्यापार, विकास तथा संस्कति जस्ता क्षेत्रमा सहकार्यद्वारा फैलिएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन्।
अष्ट्रेलियाको दौत्य सम्बन्ध स्थापनाको ६५ बर्षको उपलक्ष्यमा नेपालस्थित अष्ट्रेलियाली दुतावासद्वारा आयोजित विशेष स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले अष्ट्रेलियासँगको मित्रता नेपालका लागि विशेष महत्व रहेको बताइन् ।
‘६ दशकभन्दा लामो नेपाल र अष्ट्रेलियाबिचको सम्बन्ध शिक्षा, व्यापार, विकास तथा संस्कतिजस्ता क्षेत्रमा सहकार्यद्वारा फैलिएको छ,’ उनले भनिन्,‘नेपालमा अष्ट्रेलियाको निरन्तरको विकास सहयोग, हाम्रो लोकतन्त्र र समावेशी रूपान्तरणको यात्रामा अष्ट्रेलियाले पुर्याएको निष्ठापूर्ण साथले गर्दा पनि अष्ट्रेलियासँगको मित्रता हाम्रा लागि विशेष महत्वको छ।’
उक्त अवसरमा उनले नेपाल अष्ट्रेलिया अल्मुनाई संघद्वारा प्रकाशित टछ थ्भबचक त्यनभतजभच स्मारिका पुस्तकको लोकार्पण गरिन्। स्मारिकाका आलेखहरुमा अष्ट्रेलिया र नेपाल बिचको गहिरींदो जनस्तरका सम्बन्धको समयक्रम र विविध आयामबारे चर्चा गरिएको छ ।
सन् १९६० मा दुइ देशबिच दोत्य सम्बन्ध स्थापित भएयता अष्ट्रेलियामा रहेको नेपाली डायस्पोरा विगतका केही वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। यसले नेपाल र अष्ट्रेलियाबिचको जनस्तरको सम्बन्धलाइ सांस्कतिक रूपमा मजबूत बनाएको त छ नै अष्ट्रेलियाको बहुसाँस्कतिक समाजलाइ सम्रिद्ध र जीवन्त बनाउन महत्वपूर्ण योगदान पनि गरेको छ।
यी दुवै राष्ट्रले द्विपक्षीय, क्षेत्रीय, र संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै अएका छन्। त्यस्तै, जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानतालगायत विश्र्वमा शान्ति स्थापना, स्थायित्व र सम्विद्धिको लागि दुवै देशको द्रिढ संकल्प रहेको छ।
जनस्तरको झाँगिदो सम्बन्ध, सार्वभैमिकताको सम्मान तथा लोकतान्त्रिक मूल्यमान्यताहरूको प्रवर्धनसँगै अष्ट्रेलिया(नेपाल सम्बन्ध अझ सशक्त बन्दै गइरहेको छ।

Leave a Reply