दीपकराजकी छोरी मौसमी गिरीले गरिन् मानसिक स्वास्थ्यमा पिएचडी

काठमाडौं । अभिनेता दीपकराज गिरीकी छोरी मौसमी गिरीले मानसिक स्वास्थ्यमा पिएचडी गरेकी छन् ।

उनले भारतको मानसरोवर ग्रुप अफ इन्स्टिच्युसन्स् नर्सिङ अन्तर्गत विद्यावारिधि गरेकी हुन् ।

छोरीले विद्यावारिधि गरेपछि खुसी व्यक्त गर्दै गिरीले सञ्जालमा लेखेका छन्, ‘पढाइमा धेरै मिहेनत गरेर पिएचडी गरेकी मेरी प्यारी छोरी मौसमीलाई हार्दिक बधाई छ । एउटा बुवाको लागि यो भन्दा खुसीको दिन के होला ?’

दीपकराजले छोरीको फोटो पनि सेयर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *