गृहमन्त्रीसँग वार्ता गर्न नागरिक बचाउ महाअभियानको टीम सिंहदरबारमा, दुर्गा प्रसाईँ भने गएनन्

काठमाडौं । दुर्गा प्रसाईं संयोजक रहेको नागरिक बचाउ महाअभियानको टीम गृहमन्त्री ओमप्रका अर्यालसँग वार्ताका लागि सिंहदरबार पुगेको छ ।

केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली मन्त्रालयमा पुगेका हुन् । दुर्गा प्रसाईँ भने गएका छैनन् ।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छ्न् । गृहमन्त्रालयले वार्ताका लागि आजको समय दिएको थियो । यसअघि प्रसाईँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वार्ताका लागि समय मागेकोमा मन्त्रालयले काठमाडौं प्रशासनमार्फत नै समय उपलब्ध गराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *