
काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागार कार्यालयबाट कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका वडा नं. ६ स्थायी घर भएका २९ वर्षिया विनोद सुनार रहेका छन् ।
उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ अर्यालटारबाट पक्राउ गरिएको हो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरी सुन्धारास्थित जगन्नाथदेवल कारागार कार्यालयमा बुझाएको छ ।
२५ वर्षका लागि कैद सजाय भोगिरहेका सुनारको ५ वर्ष कैद भुक्तान भएको छ भने २० वर्ष अँझै बाँकी छ ।

Leave a Reply