युवराज सफलको पार्टी निर्वाचन आयोगमा दर्ता, सभापति अधिवक्ता डा.सुरेन्द्र भण्डारी, उपसभापति आफैं

काठमाडौं । अभियन्ता युवराज पौडेल सफल नेतृत्वको नेपाल नागरिक पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ । यस अघि नै सफलको नेतृत्वमा दर्ता कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दल दर्ता गरिएको हो ।

अधिवक्ता भण्डारीले यस अघि छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, सफलले आफु नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एउटै बनाउने सहमति जनाएपछि यहिँ कात्तिक ११ गते निवेदन फिर्ता लिएका थिए ।

अधिवक्ता भण्डारी सभापति रहेको पार्टीमा अभियन्ता युवराज पौडेल सफल उपसभापति रहेका छन् भने अर्का सभापति डा.प्रकाश पौडेल रहेका छन् । यस्तै महामन्त्री पुजनजंग गुरुग, कोषाध्यक्ष दिपलाल जोशी रहेका उपसभापति सफलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार २८ सदस्यीय केन्द्रीय समिति रहेको छ । केन्द्रीय सदस्यमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी निरा भण्डारी लगायत रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *