कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा 

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनी सचिव हिमलाल पौडेलका अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउँछन् ।

त्यस्तै, बैंक सञ्चालक समितिको बैठकले सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *