
काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले गृहमन्त्रीसँग वार्ताका लागि समय माग गरेकोमा मन्त्रालयले कात्तिक २६ गते वार्ताका लागि समय दिएको छ ।
यस अघि प्रसाईले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वार्ताका लागि समय मागेकोमा मन्त्रालयले काठमाडौं प्रशासनमार्फत नै समय उपलब्ध गराएको हो ।
प्रसाईले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० दिन अघि कात्तिक ९ गते वार्ताका लागि गृहमन्त्री ओमप्रकाश अर्यालसँग समय मागेकोमा मन्त्रालयले कात्तिक २६ गते बिहान १० बजेका लागि वार्ताको समय दिएको गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने, ‘दुर्गा प्रसाईँको संस्थाले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट करिव १० दिन अघि सरकारसँग वार्ताका लागि समय मागेको थियो । यहिँ कात्तिक २६ गते बिहान १० बजे मन्त्रालयमा वार्ता गर्नेगरी समय दिइएको छ ।’

Leave a Reply