
काठमाडौं । नेपाली उत्पादन फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको छ । पहिलो चरणमा हिजो भैरहवा भन्सारबाट ५४ लाख ८८ हजार १५८ रुपैयाँ मूल्य बराबरको २ कन्टेनर फ्रेन्च फ्राइज अमेरिका निर्यात भएको हो ।
भैरहवा भन्सार कार्यालय मार्फत नेपाली उत्पादन फ्रेन्च फ्राइज पहिलो पटक अमेरिका निर्यात भएको भन्सार कार्यालयले बताएको छ । रुपन्देही जिल्लामा रहेको फस्र्ट च्वाइस फूड्स प्राली निर्यात गरेको हो । ४३ हजार ५२० किलोग्राम निर्यात भएको हो ।
‘यस ऐतिहासिक उपलब्धिले नेपालमा उत्पादित खाद्य बस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएकोमा नयाँ नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । अमेरिकी बजारमा नेपाली फ्रेन्च फ्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनहरुको विश्व बजार विस्तारको ढोका खोल्नेछ,’ भन्सारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
भैरहवा भन्सार कार्यालयले निर्यात प्रवर्द्धनका लागि आवश्यक सेवा–सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न तयार रहेको बताएको छ ।

Leave a Reply