घरेलु हिंसामा एलिनालाई साथ दिए पनि सबै लफडामा साथ दिन नसकिने ज्योति मगरको प्रष्टीकरण

काठमाडौं । अहिले गायिका एलिना चौहान र फ्लाइ नेपा ट्राभल्सका सञ्चालक विनोद अधिकारीबीचको लफडा चर्चामा छ । अधिकारीले आफूलाई गाली गलौज गरेको, अपमान गरेको तथा आर्थिक शोषण गरेको जस्ता गम्भीर आरोप एलिनाले लगाएकी छन् ।

अधिकारीसँगकै लफडाका कारण व्यक्तिगत रूपमा टिकट काटेर नेपाल फिरेको बताएकी छन् । उता अधिकारीले फ्लाइ नेपामार्फत् आधिकारिक रूपमा विज्ञप्ति जारी गर्दै अन्याय महसुस भएको भए कानुनी उपचारमा जान एलिनालाई सुझाव दिइसकेका छन् ।

यही विवादलाई लिएर गायिका ज्योति मगरले आफ्नो धारणा सार्वजनिक गरेकी छन् । एलिनाको घरेलु हिंसा विरुद्ध सबैभन्दा पहिले आफूले बोलेको भए पनि उनको सबै लफडामा साथ दिन नसकिने उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘उनको घरेलु हिंसामा सबैभन्दा पहिले बोल्ने मान्छे म नै हो । तर, लभ परेको, ब्रेकअप भएको, साउन्ड सिस्टम झुर भएको, आयोजक खत्तम भएको आदि इत्यादि लफडामा हामी बोल्न जरुरी छैन ।’

सामाजिक संजालमार्फत् स्टाटस लेख्दै उनले एलिना–विनोदबीचको लफडबारे बोलेन भन्नेहरूलाई एकमुष्ट जवाफ दिएकी हुन् ।

आफूले अमेरिकामा सबैभन्दा कम पैसामा शो गरेको तर, जति सम्झौता भएको थियो त्यति नै लिएको बताएकी छन् । साथै आयोजकले खराब नियत राखेर कोठामा आएर निस्कन नमान्दा १०० मा फोन गरेर खोरमा थुनाएको समेत बताएकी छन् ।

आयोजकसँग भएको लफडाबारे मिडियाबाजी गर्न आवश्यक नभएको समेत बताएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *