नेकपा एससहित ९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ: नारायणकाजी श्रेष्ठ 

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एससहित ९ दलको एकताले वैचारिक रूपान्तरण र कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा सावित हुने बताएका छन्।

महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै सकारात्मक दिशातर्फ अघि बढेका वामपन्थी र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेर लाने बताए।

उनले भने, ‘हामी एकताको निम्ति एकता, केही मान्छे थुपार्नको निम्ति मात्रै गर्दै छैनौँ। हाम्रो एकता विचार सिद्धान्त, राजनीति, विधि, पद्धति, संस्थागत, सामूहिकतालाई केन्द्र विन्दुमा राखेर सिङ्गो कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्नको लागि एकता गर्दैर्छौँ।’

जेनजी आन्दोलनलाई आत्मसाथ गरेर पार्टी पुनर्गठनको अभियानमा अघि बढेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *