
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित ८ दलबीच भएपछि तय गरिएको तारा चुनाव चिन्ह सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी नेपालको नाममा कायम रहेको पाइएको छ । निर्वाचन आयोगमा दर्ता कायमै रहेको दल जन समादवादी पार्टीको नाममा तारा चुनाव चिन्ह कायम रहेको पाइएको हो ।
यद्यपि काफ्ले नेतृत्वको जन समाजवादी पार्टी ८ दलीय एकतामा समावेश भएकाले उक्त दलले एकतासहितको दललाई तारा चुनाव चिन्ह दिने भएकाले कुनै समस्या नआउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार एकतामा आउने कुनै पनि दलको निर्वाचन चिन्ह वा नयाँ कुनै निर्वाचन चिन्ह ल्याएर आएमा आयोगले यस अघि कायम रहेका दलको निर्वाचन चिन्ह हटाएर अब एकता भएर आउने दललाई उक्त चुनाव चिन्ह प्रदान गरिनेछ ।
सेतो पृष्ठभूमिमा रातो पाँच कुने तारा काफ्ले नेतृत्वको २०७३ मंसिर ३० गते निर्वाचन आयोगमा दर्ता भएको जन समाजवादी पार्टी नेपालको नाममा कायम छ । १२४ राजनीतिक दलमध्ये उक्त दल ५४ नम्बरमा दर्ता रहेको छ ।


Leave a Reply