चुमखोलामा गएको सुख्खा पहिरोले काठमाडौं जाने-आउने सडक अवरुद्ध

चितवन । मुग्लिन नौबिसे सडक खण्डको चुमखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउजाउ गर्ने सडक अवरोध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पर्ने चुमखोलामा सुख्खा पहिरो खसेको हो ।

राती ९ बजेर ५ मिनेट जाँदा गएको पहिरोको कारण दुबैतर्फ बाटो अवरोध भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने तयारी गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *