चन्द्रागिरिमा घरबेटीसहित ६ जुवाडे पक्राउ, १ लाख ७० हजार बरामद

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित महादेवस्थानबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं। ०६ की घरधनी ४४ वर्षीया की सरिता गिरी, मकवानपुर थाहा नगरपालिका वडा नं। १२ घर भई हाल चन्द्रागिरि बस्ने ३२ वर्षीय राजु लामा धादिङ गल्छी गाउँपालिकाका ३६ वर्षीय नारायण अधिकारी, ३१ वर्षीय मिलन तमाङ, चन्द्रागिरि घर भएका ३४ वर्षीय शनि खड्का र मकवानपुरका २७ वर्षीय सम्राट स्याङ्तान रहेका छन् ।

आज दिउँसो २ बजे महादेबस्थानस्थित सरिता गिरीको ४ तले घरको भुई तलामाको बन्द कोठामा पैसाको हारजित हुनेगरि सट्टेवाजि कौडा खेलिरहेका थिए । सोही सूचनाको आधारमा तत्काल प्रहरी वृत्त थानकोटबाट १० जना प्रहरी टोली खटि गई गिरीको घरमा चेकजाँच गर्दा बन्द रहेको कोठाभित्र कौडा खेलिरहेको अवस्थामा घरधनी गिरसिहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले खेलमा प्रयोग भएका सामाग्री(१६ थान कौडा) सहित बरामद गरिएको थियो । साथै उक्त कौडाको खालबाट ४२ हजार ५५० र उनीहरुलाई खानतलासि गर्दा उनीहरुको साथबाट १ लाख ७२ हजार ५० रुपैयाँ बरामद गरि थप अनुसन्धानको लागि वृत्त,थानकोटको नियन्त्रणमा राखिएको छ ।

प्रहरीले गिरीको साथबाट नगद भने नभएको बताएको छ भने अन्य ५ जनाबाट १ लाख २९ हजार ५ सय बरामद गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *