कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित गरिएको छ । दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ ।

हिजो शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

आसन्न १५औं महाधिवेशनको मितिलाई लिएर कांग्रेसभित्र तीव्र विवाद छ । कांग्रेसमा संस्थापन र महामन्त्रीले महाधिवेशनको फरक-फरक तालिका पेश गरेका छन् । विश्वप्रकाश शर्माले त भोटिङबाटै महाधिवेशनको मिति टुंग्याउनुपर्ने बताएका छन् ।

अब केन्द्रीय समिति बैठक एकैचोटि मंगलबारलाई बोलाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *