काठमाडौंको फोहोर व्यवस्थापनमा कुलमानको चासो- बिहानै बञ्चरेडाँडा पुगे

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाडा ल्यान्डफिल्ड साइट पुगेका छन् ।

आफूहरुसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङ आइतबार विहान त्यहाँ पुगेका हुन् ।

शुक्रावारदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन् । उनीहरुले माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।

फोहर विसर्जन कार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेको धुनबेँशी नगरपालिका-१ का स्थानीय दीपेन्द्र लामाले बताए ।

सिसडोल बञ्चरेडाँडा-कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि यसअघि भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।

२०७९ जेठ २६ मा काठमाडौं महानगरसँगको १८ बुँदे सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहमति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *