झलनाथले केही भन्न खोज्दा माइक काटियो, माधव नेपालले एकतालाई सचिवालय टुंगो लगाउने भन्दै सबैलाई बिदा गरे

काठमाडौं । नेकपा एसको बैठकमा निष्कर्ष सुनाउँदै अध्यक्ष माधवकुमार नेपालले आफूद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको र एकता सबै काम सचिवालय बैठकले गर्ने भन्दा हलमा होहल्ला भएको छ ।

नेपालले आफ्नो कुरा राख्ने बित्तिकै माइक समातेर सम्मानित नेता झलनाथ खनालले नेपालको भनाइमा आपत्ति जनाउँदा माइकको लाइन काटिएको छ । खनालले ‘होहल्लामा पार्टीको निर्णय पारित भएको मानिदैन’ भन्दाभन्दै माइक काटिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *