
काठमाडौं । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूलाई लड्न नदिए यो देशमा चुनाव हुन नदिने चेतावनी दिएका छन्।
रास्वपाले गरेको बृहत् राजनीतिक संवादमा बोल्दै देश परिवर्तनको पक्षमा लड्ने आफूहरूलाई पन्छाएर चुनाव हुन नसक्ने बताए।
उनले भने, ‘अहिले चुनाव लड्न दिन्न भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्न भन्छन्। देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिनेरु अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्नेरु यो चुनावमा रेशम थारु, लक्ष्मण थारु र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन। के को चुनाव हुन्छरु सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?’
उनले कांग्रेस, नेकपा एमाले, माओवादीदेखि अहिले जेनजीसम्मको इतिहास के छ ? भन्दै प्रश्न गरे।

Leave a Reply