
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनका परेका छन् ।
एन्फाको आज बसेको आपत्कालिन भिडियो कन्फेरेन्स बैठकबाट वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बन गर्ने निर्णय गरिएको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
संघको विधानमा कुनै वैधानिक अधिकार नभएको तर संघको लेटरहेड, छाप, चलानी नम्बर दुरुपयोग गरेको भन्दै खड्कालाई निलम्बन गरिएको प्रवक्ता शाहले बताए ।
खड्काले गम्भीर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेको एन्फाको ठहर छ ।
खड्कालाई विधानको धारा ३८ को १४ बमोजिम आगामी साधारणसभा सम्मको लागि निलम्बन गरिएको प्रवक्ता शाहले बताए ।
अध्यक्ष पंकज नेम्बाङ विदेश भएको समयमा वरिष्ठ उपाध्यक्ष खड्काले महासचिव किरण राईलाई निलम्बन गरेको भन्दै कार्यवाहक अध्यक्षको रूपमा विज्ञप्ति जारी गरेका थिए ।

Leave a Reply