
काठमाडौं । पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यकासहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भइरहेको छ ।
शनिबारसम्म यसको प्रभाव नेपालको सातवटै प्रदेशमा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
उपत्यकामा बिहानै देखि पानी पर्दा ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न भएको छ ।
नालाको सही व्यवस्थापन नहुँदा सो क्षेत्रमा केही समय वर्षा हुँदा पनि पानी जम्ने गरेको छ । जसका कारण जोखिमपूर्ण तरिकाले सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Leave a Reply