
काठमाडौं । उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा दिन ८ (आठ) को म्याद थप गरेको छ ।
यी हुन् । सिक्री लुटपाट र किनबेचमा संलग्न मानिसहरू
१. जिल्ला सिन्धुली, हरिहरगढी गाउँपालिका ६ घर भइ जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका ५ स्थित तिनधारेमा डेरा कोठा बस्ने वर्ष २८ को राज लामा (सिक्री तान्दा मो.सा. चलाउने व्यक्ति)
२. जिल्ला उदयपुर, ताप्ले गाउँपालिका ४ घर भइ जिल्ला भक्तपुर, बस्ने वर्ष २० को विशाल भन्ने दुर्ग बहादुर मगर (मो.सा. को पछाडि बसि सिक्री तान्ने व्यक्ति)
३. जिल्ला रामेछाप, लिखु तामाकोसी गाउँपालिका ६ घर भइ जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सञ्चालन गर्ने वर्ष ३२ को दिल बहादुर बि.क. (लुटिएको सिक्री बिक्री गरी दिने व्यक्ति)
४. जिल्ला बागलुङ, गल्कोट नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक वर्ष ४० को गोबिन्द सुनार (लुटिएको समान किन्ने व्यक्ति)
५. जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक सन्तोष सुनारको छोरा वर्ष २२ को दिपेस रसाईली (सिक्रि किन्ने व्यक्ति)
सिक्रि लुटपाट गरेका स्थानहरू
१. मिति २०८२।०६।०८ गते, जिल्ला ललितपुर नख्खुडोलबाट १.५ तोलाको सिक्री चुडालेर लगेको
२. मिति २०८२।०६।२३ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्रि चुडालेर लगेको
३. मिति २०८२।०६।२६ गते, ललितपुर बुद्दचोकबाट ३ तोलाको सिक्री चुडालेर लगेको
४. मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री आधा चुडालेर लगेको
५. मिति २०८२।०७।०१ गते, रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री आधा चुडालेर लगेको
६. मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट झोला र Samsung कम्पनीको मोबाइल थान १ लुटपाट गरेको
७. मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, तार्केश्वर नगरपालिका बालाजु नेपालटार स्थितबाट २ तोलाको सिक्रि चुडालेर लगेको
राज लामा र विशाल भन्ने दुर्ग बहादुर मगरको कोठाबाट बरामद भएको दसीका सामानहरू
१. Samsung कम्पनीको मोबाइल थान – ४
२. Redmi कम्पनीको मोबाइल थान – २
३. iPhone थान – ३
४. Infinix डमी मोबाइल थान – १
५. नेपाल टेलिकमको सिम कार्ड थान – ३०
६. NCELL को सिम कार्ड थान – ३७
७. ITEL को सिम कार्ड थान – ३
८. मेमोरी कार्ड थान – ३
९. मोटरसाइकल चोरी गर्न प्रयोग गर्ने T थान – २
१०. ना ६२ प २७८४ नम्बर को बिल बुक थान – १
११. बिशाल मगरको नाममा ७।३ लाल लेखिएको लक्ष्मि ज्वेलर्स को सुन को बिल थान – १
१२. को. १५ ४२०८ नम्बरको मोटरसाइकल फाइल थान – १
१३. दुर्गा बहादुर मगर र राज लामाको कारागारबाट थुना मुक्तको लागि आदेश भएको अदालतको फाइल थान – १/१
१४. बा. प्र. ०२-०३७ प ७३१९ नम्बरको २२० सि.सि. को मोटरसाइकल
१५. बा. प्र. ०२-०५१ प ६६३० नम्बर को सुन्तला रङ को २०० सि.सि. को मोटरसाइकल
१६. विभिन्न व्यक्तिहरूको सवारी चालक अनुमति पत्र थान – २
१७. राज लामा नाम को अदालत तरिक पर्चा थान – १
१८. लुटपाट गर्दा प्रयोग भएका विभिन्न लत्ताकपडाहरू
दिल बहादुर बि.क.को सल्लाघारी स्थित श्री लक्ष्मी ज्वेलर्सबाट बरामद भएको दसीका सामानहरू
१. सिक्री बिक्री गरी ल्याएको नगद रु.३,८८,५००।- (अक्षरेपि तीन लाख अठासी हजार पाँच सय)
दिपेस रसाईलीको कुलेश्वर स्थित कोठाबाट बरामद भएको दसीका सामानहरू
१. जम्मा ६४ लाल तौल भएको सुनको ढिक्का थान – ४
गोबिन्द सुनारको कपन स्थित बाग्लुङ कालिका ज्वेलर्सबाट बरामद भएको दसीका सामानहरू
१. ९५ लालको सुनको ढिक्का थान – १
२. १ तोला ६४ लालको सुनको ढिक्का थान – १
३. जम्मा १ तोला ५८ लालको सुनको सानो सानो ढिक्का थान – ५
४. ८३ लालको सुनको ढिक्का थान – १
५. ३९ लालको सुनको ढिक्का थान – १
६. २ तोला १४ लालको सुनको सिक्री थान १ (जम्मा ७ तोला ४८ लाल सुन बरामद)
७. नगद रु. १,६६,०००।- (अक्षरेपि एक लाख छयसट्ठी हजार)

Leave a Reply