सरकार र दलहरूसँगको त्रिपक्षीय वार्तामा जेनजीबाट को-को हुँदैछन् सहभागी ?

काठमाडौं । सरकार र दलहरूसँगको त्रिपक्षीय वार्तामा सहभागी हुने जेन-जी प्रतिनिधिहरूको टुंगो लागेको छ । जेनजीका विभिन्न समूहहरूबाट प्रतिनिधिको रूपमा उपार्जुन चाम्लिङ, रक्षा बम, रिजन राना मगर, पुरुषोत्तम यादव छन् ।

त्यस्तै मिराज ढुंगाना, जेम्स कार्की, खेमराज साउद, सामना लावती, मोनिका निरौला र अमित खनाल पनि सिंहदरबार जाँदैछन् । यो टोलीमा घाइते तथा शहीद परिवारको तीनजना प्रतिनिधि हुनेछन् ।

आजको छलफलको विषयमा वार्तामा सहभागी हुन जाँदै गरेका उपार्जुनले भने, ‘आज विशेष गरी निर्वाचनको विषयमा केन्द्रित हुनेछौं । हाम्रो प्रमुख एजेन्डा नै तोकिएको मितिमा निर्वाचन हुनपर्छ भन्ने हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *