गौमुल कपको उपाधि ‘केपी बा’ लाई

बाजुरा । गौमुल गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम खुला गौमुल कप सेभन ए–साइड फुटबल प्रतियोगिता–२०८२’ को उपाधि केपी बा स्पोर्टस् क्लब बाजुराले हात पारेको छ ।

राइजिङ स्टार क्लब गौमुल–५ मानाकोटलाई हराउँदै केपी बा स्पोर्टस् क्लबले उपाधि जितेको हो । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।पेनाल्टी सुटआउटमार्फत उपाधिको छिनोफानो भएको हो । ।

May be an image of soccer, football and text

उपाधि जित्दै केपी बा स्पोर्टस् क्लबले ५१,००० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको राइजिङ स्टार क्लब गौमुल–५ मानाकोटले ३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।

गत शनिवारदेखि सुरु भएको प्रतियोगितामा १३ टिम सहभागी थिए ।

२०७७ सालमा केपी ओलीको सम्मानमा बाजुरामा केपी बा स्पोर्टस् क्लब स्थापना गरिएको हो । हाल प्रेस चौतारी केन्द्रीय सदस्य रहेको कृष्ण ओली त्यसका संस्थापक अध्यक्ष हुन् ।

‘नेकपा अवस्थामा केपी ओलीमाथि सङ्कट पैदा हुँदा खेलकुदको माध्यमबाट उहाँ (केपी ओली) को पक्षमा समर्थन बढाउन यो क्लब स्थापना गरिएको हो’ संस्थापक अध्यक्ष ओलीले भने , ‘जिल्लामा हुने साना ठुला फुटबल ,भलिबल, क्रिकेट लगायतका खेलहरूमा क्लबले सहभागिता जनाउनले गरेको छ ।’

उनका अनुसार हालसम्म जिल्लामा आयोजना भएका एक दर्जन प्रतियोगितामा क्लबले सहभागिता जनाएको छ । तीन खेलमा विजयी भएको छ ।

अध्यक्ष लक्ष्मण रोकायाले क्लबले जिल्लाबाहिरका प्रतियोगितामा पनि सहभागी हुँदै आएको भन्दै क्लबमा आबद्ध हुनेहरूको सङ्ख्या बढ्दै गएको बताए ।

मङ्गलवार जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए भने, गौमुल गाउँपालिका–५ का वडा अध्यक्ष कलकबहादुर सिंहले उपविजेतालाई सम्मान गरेका थिए । क्रियटिभ यूथ क्लब को आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *