विहार चुनाव– प्रारम्भिक सर्वेक्षणमा नीतिशभन्दा लालु यादवका छोरा लोकप्रिय

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको जनसंख्या र भूगोलको हिसाबले दोस्रो ठूलो प्रान्त विहारमा अर्को महिना हुन लागेको चुनाव अहिले भारतको मात्र नभएर नेपालको पनि चर्चाको विषय बनेको छ ।

बिहारमा विधानसभा चुनाव नजिकिँदै जाँदा जनमत सर्वेक्षणहरूले राज्यको राजनीतिक प्रतिस्पर्धा फेरि एकपटक तेजस्वी यादव र नीतिश कुमारबीच केन्द्रित भएको देखाएका छन्। लालु यादवका छोरा तेजस्वीलाई कांग्रेस आई र कम्युनिस्ट पार्टीहरुको समर्थन छ भने हालका मुख्यमन्त्री नितिशलाई सत्तारुढ भाजपासहितको समर्थन छ ।

भारतीय मिडिया मिन्टका अनुसार, पछिल्ला ‌ओपिनियन पाेलहरूले जनताको मनोविज्ञानमा रोचक बदलाव देखाएका छन् । नीतिशको शासन अनुभव र तेजस्वीको युवा नेतृत्वबीच मतदाताहरू स्पष्ट रूपमा विभाजित देखिएका छन्।

प्रारम्भिक सर्वेक्षणहरुमा मुख्यमन्त्रीका लागि पहिलो रोजाइ तेजस्वी यादव छन् तर नीतिश अझै बलियो आधारमै छन् । राज्यभरका ३८ जिल्लाका करिब २५ हजार मतदातामाझ गरिएको जनमत सर्वेक्षणमा ४३ प्रतिशतले तेजस्वी यादवलाई आफ्नो पहिलो रोजाइ भनेका छन्।

तर, नीतिश कुमार अझै पनि ३९% समर्थन सहित बलियो प्रतिस्पर्धीको रूपमा उभिएका छन्। बाँकी १८% मतदाताहरू भने अन्य विकल्पमा विभाजित छन् । यहि मत निर्णायक हुने अनुमान गरिएको छ ।

लालु यादव र रावणीदेवी दम्पतीले नब्बेको दशकमा पालैपालो राज गरेको बिहारमा पछिल्ला दशक नीनतिशकुमारको वर्चश्व रहेको छ । हाल लालुका कान्छा छोरा तेजस्वीले राष्ट्रिय जनता दलको कमाण्ड लिएका छन् । राजद नेतृत्वको गठबन्धनले पछिल्लो समय बेरोजगारी, भ्रष्टाचार र शिक्षा सुधारका विषयलाई चुनावी मुद्दा बनाउँदै ‘नयाँ बिहार, नयाँ सोच’ नारा अघि सारेको छ।

तेजस्वी यादवले हरेक जनसभामा युवाहरूमाझ रोजगार, स्वास्थ्य र सुशासनका वाचा दोहोर्याइरहेका छन्। उता, जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले भने आफ्नो सुशासन र विकास मोडेललाई मुख्य चुनावी मुद्दा बनाएका छन्।

उनले हालै भने —“बिहारमा माफियाको शासन होइन, संस्थागत सुधारले राज्यलाई बदल्ने समय आएको छ।

कसको गठबन्धन बलियो?

ओपिनियन पोलहरुका अनुसार इन्डिया गठबन्धन (राजद, कांग्रेस, वामपन्थी दलहरू) अहिले ४८देखि ५० जनसमर्थमा देखिएका छन् । जबकी  इन्डिया गठबन्धन (भाजपा, जेडीयू, लोजपा) ४५% समर्थनमा झरेको देखिन्छ।

तर विश्लेषकहरूको भनाइमा, बिहारको जातीय समीकरण र स्थानीय गठजोडका कारण अन्तिम परिणाम अझै खुला छ। तेजस्वी यादवले युवामाझ नयाँ ऊर्जा ल्याएका छन्, तर नीतिश कुमारको प्रशासनिक अनुभव र ग्रामीण भोट बैंक अझै निर्णायक हुन सक्छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *